मगर सांस्कृतिक संघ कास्कीको साधारणसभामा विभिन्न व्यक्तित्व सम्मानित

पाेखरा | भदौ १२, २०८०

मगर सांस्कृतिक संघ कास्कीको साधारणसभामा विभिन्न व्यक्तित्व सम्मानित

पोखरा:  नेपाल मगर सांस्कृतिक संघ जिल्ला समन्वय समिति कास्कीको सातौ वार्षिक साधारण सभाको अवसरमा समुदायलाई योगदान पुर्याएको भन्दै विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ ।

 

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दिपेन्द्र बहादुर थापामगरले नेपाल मगर संघ कास्कीका अध्यक्ष राम बहादुर थापामगर, हास्यकलाकार तथा नेपाल मगर सांस्कृतिक संघका संस्थापक अध्यक्ष दिपक थापामगर, नृत्य निर्देशक घनश्याम पुनमगर, पोखरा महानगरपालिका सदस्य भिम कुमारी पुनमगरलाई खादा, मालाले सम्मान गरे ।

 

सो अवसरमा बोल्दै वनमन्त्री थापामगरले संस्कृतिको संरक्षण गर्ने समय आएको बताए । उनले मगर समुदाय संस्कृतिमा धनि रहेको बताउदै उजागर र संरक्षणको जिम्मेवारी कलाकारहरुको काधमा रहेको धारणा राखे ।

 

उनले देश विकास सवालमा पनि मगर समुदायको महत्वपूर्ण भूमिका रहेको बताउदै आगामी दिनमा पनि सोही अनुरुप लाग्नुपर्ने बताए । उनले फरक प्रसंगमा बोल्दै जातिय सद्भाव कायम गर्न सबैले विवेक पुर्याएनुपर्ने भएकाले अराजकता तर्फ उन्मुख हुन नहुने बताएका थिए ।

 

 

सो कार्यक्रममा नेपाल मगर संघ कास्कीका अध्यक्ष राम बहादुर थापा मगर, कार्यक्रममा नेपाल मगर महिला संघ केन्द्रिय समितिका भाषिक उपाध्यक्ष फुलकुमारी थापा मगर, नेपाल मगर संघ गण्डकी प्रदेशका अध्यक्ष तारामाया थापा मगर, पत्रकार शान्ति गुरुङ लगायतले बोलेका थिए । 

 

कार्यक्रममा मगर समुदायमा प्रचलित सांस्कृतिक नृत्यहरु कौरा, घाटु, सालैजो प्रस्तुत गरिएको थियो ।

 

सभाको बन्दसत्रमा कोषाध्यक्ष सोममाया आलेमगरले आर्थिक प्रतिवेदन र सांगठनिक प्रतिवेदन सचिव बसन्ती थापामगरले प्रस्तुत गरेका थिए । 

 

संघका अध्यक्ष सरिता सारुमगरको सभापतित्वमा सम्पन्न कार्यक्रममाा उपाध्यक्ष दिलु फगामी मगरले व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन सचिव बसन्ती थापामगर र सहसचिव रामचन्द्र थापा मगरले सँयुक्त रुपमा गरेका थिए ।
 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्